गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकारका तर्फबाट ट्रष्ट र प्रतिष्ठानका नाममा विनियोजित रकम प्राथमिकतामा क्षेत्रमा खर्चन निर्देशन दिएका छन ।
आर्थिक वर्ष २०७९÷८० को बजेटमा व्यक्तिका नाममा जोडिएका ट्रष्ट तथा प्रतिष्ठानका नाममा रकम विनियोजन भएकोमा जनस्तरबाट विरोध आएपछि मुख्यमन्त्रीले उक्त रकम प्राथमिकताका क्षेत्रमा खर्चन निर्देशन दिएको मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले जानकारी दिए । प्रेस संयोजक कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा बजेटमा समावेश गोवद्र्धन शर्मा स्मृति कोष, श्री पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रष्ट भवन निर्माण, पुननरायण धनकुमारी परोपकारी ट्रष्ट, डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान भवन निर्माण, अमृत जोशी स्मृति पार्क लगायतका कार्यक्रम तथा बजेटका विषयमा नागरिकस्तरबाट असन्तुष्टि व्यक्त भएकामा मुख्यमन्त्रीको ध्यानाकर्षण भएको जनाइएको छ ।
“आम नागरिकको भावनालाई उच्च कदर गर्दै यी र यस्ता कार्यक्रममा विनियोजित स्रोतलाई प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्चिने व्यवस्था मिलाउन मुख्यमन्त्रीले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसक्नुभएको व्यहोरा जानकारी गराइन्छ”, विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २७ असार २०७९, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी प्रदेशलाई देखिने, सुनिने र अनुभव गरिने बनाउँछु : मुख्यमन्त्री कार्की
मधेस सबै समुदायको साझा घर हो, विभाजनले समाजलाई कमजोर बनाउँछ : मुख्यमन्त्री यादव
गृहमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको प्रश्न- ठूला दललाई पाखा राखेर चुनाव हुन्छ ?
विश्वासको मत लिँदै मधेश प्रदेशका मुख्यमन्त्री
मधेस सरकारमा यसरी मिल्यो भागबन्डा : कांग्रेसलाई मुख्यमन्त्री, जसपालाई सभामुख, नेकपालाई तीन मन्त्रालय
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको शपथ आइतबार