बालेन साहले दिए सर्वोच्चमा बयान

सफल खबर संवाददाता

सोमबार, २७ असार २०७९, १३ : ४५
बालेन साहले दिए सर्वोच्चमा बयान

काठमाडाैँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले सर्वोच्च अदालतमा बयान दिएका छन् । बागमती सरसफाइ सम्बन्धी मुद्दामा जवाफ दिन साह सर्वोच्च पुगेका हुन् । महानगर प्रमुख साह सोमबार मध्याह्न सर्वोच्च पुगेका थिए । 

जनहित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता प्रकाशमणि शर्मा, आलोक पोखरेल लगायतले काठमाडौं महानगरपालिकालाई विपक्षी बनाउँदै दायर गरेको रिटमा सोमबार न्यायाधीशहरू हरिकृष्ण कार्की र  मनोजकुमार शर्माको इजलासमा सुनुवाइ भइरहेको छ । 

 

प्रतिक्रिया दिनुहोस