आइजिपी प्रकरणमा आज सुनुवाइ हुँदै,  फैसला आउने सम्भावना

सफल खबर संवाददाता

सोमबार, २७ असार २०७९, ०९ : ०२
आइजिपी प्रकरणमा आज सुनुवाइ हुँदै,  फैसला आउने सम्भावना

काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा धिरजप्रताप सिंहलाई बढुवा गरेको सरकारको निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ ।

१९ असारमा सुनुवाइ भएको मुद्दा हेर्दाहेर्दैमा राखेर सोमबार पेसी तोकिएको थियो। रिटमा पोखरेलका कानुन व्यवसायी, सरकारी पक्ष र आइजिपी सिंहका निजी कानुन व्यवसायीले बहस सकिसकेका छन्। आज कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको फैसला सुनाउन सक्ने सम्भावना छ।

आफूभन्दा जुनियरलाई आइजिपी बनाइएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । पोखरेलले बढुवाका लागि आफू योग्य भएको, तर सरकारले आफूभन्दा जुनियरलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत बढुवा गरेको रिटमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस