कोलम्बो । अभूतपूर्व आर्थिक संकट सामना गरेको श्रीलंकाका सेना प्रमुख जनरल सभेन्द्र सिल्भाले आइतबार शान्ति कायम गर्न जनताको समर्थन खोजेका छन् ।
जनरल शभेन्द्र सिल्वाले आज एक विज्ञप्ति जारी गर्दै वर्तमान संकटलाई शान्तिपूर्ण ढंगले समाधान गर्ने अवसर आएको बताए । उनले श्रीलंकालीहरूलाई देशमा शान्ति कायम गर्न सशस्त्र बल र प्रहरीलाई सहयोग गर्न आग्रह गरे ।
शनिबार राष्ट्रपति गोटाबाय राजापाक्षेको राजीनामा माग गर्दै प्रदर्शनकारीको ठूलो समूह राष्ट्रपति निवास प्रवेश गरेको थियो । प्रदर्शनकारी प्रवेश गर्न थालेपछि राष्ट्रपति राजापाक्षेलाई सुरक्षाकर्मीले सुटुक्क सुरक्षित क्षेत्रतर्फ लगेको थियो । राष्ट्रपतिले १३ जुलाईमा राजीनामा दिने घोषणा गरेका छन् । -एजेन्सी
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २६ असार २०७९, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज नेपालले श्रीलंकासँग खेल्दै
श्रीलंकाविरुद्ध पनि कप्तान सावित्राको ह्याट्रिक
श्रीलंकाका राजदूत नेपालीले गरे शपथ ग्रहण
पूर्णबहादुर नेपाली श्रीलंकाका राजदूत नियुक्त
श्रीलंकाले हटायो सवारी साधन आयात माथिको प्रतिबन्ध
श्रीलंकाको पर्यटन आम्दानी ५३ प्रतिशतले वृद्धि