भारतमा १९ हजार जना सङ्क्रमित थपिए

एजेन्सी

शनिबार, २५ असार २०७९, १२ : २४
भारतमा १९ हजार जना सङ्क्रमित थपिए

एजेन्सी । भारतमा कोरोना भाइरसबाट थप झण्डै १९ हजार जना सङ्क्रमित भएका छन् ।  सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार थप १८ हजार ८४० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् ।  योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३६ लाख चार हजार ३९४ पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

पछिल्लो एक दिनमा देशभर कुल चार लाख ५४ हजार ७७८ जनाको कोरोना परीक्षण गरिएको पनि मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।  भारतमा पछिल्लो समयमा सक्रिय सङ्क्रमितहरुको सङ्ख्यामा पनि वृद्धि भएको देखिएको मन्त्रालयले जनाएको छ । पछिल्लो ४ महिनामा अहिले सबैभन्दा धेरै देखिएका हुन् ।  

सोही अवधिमा कोरोना भाइरसका कारण भारतमा थप ४३ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको सङ्ख्या पाँच लाख २५ हजार ३४६ पुगेको छ । (एएनआई)

प्रतिक्रिया दिनुहोस