काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस हुती नभएको पार्टी भएको आरोप लगाएका छन् । शुक्रबार छविलाल स्मृति तथा रक्तदान कार्यक्रममा बोल्दै ओलीले अर्थमन्त्री जनार्दन शर्माले आफैं राजीनामा नदिएको भए उनलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सक्दै नसक्ने ठोकुवा गरे ।
‘कांग्रेस त निरीह नै बोल्नै नसक्ने भयो । मन्त्रीले जे गरे पनि कांग्रेस त हेरेको हेर्यै ।’ ओलीले भने, ‘कांग्रेसको हुती नै छैन । दम नै छैन । यसपटक पनि मन्त्रीले आफैं राजीनामा दिएर हो । प्रधानमन्त्रीससँग मन्त्री निकाल्ने हुति छ ?’
माओवादीप्रति आक्रामक रुपमा प्रस्तुत भएका ओलीले हतियार उठाउन परेको कारण अहिलेसम्म दिन नसकेको बताए । ‘के का लागि हतियार उठाएको थियो । त्यसबेला देखि सोध्दै आएको छु । जवाफ दिन सकेको छैन । महान जनयुद्ध के पाएर छोडे त ?’ ओलीले भने ।
जनआन्दोलन २ को अन्तिम दिन बैशाख ११ मा पूर्व राजा ज्ञानेन्द्र शाहले गरेको सम्वोधनको ड्राफ्ट आफूले तयार गरेको ओलीले दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ असार २०७९, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनपछि पहिलो पटक झापा जाँदै ओली
दिनमा कम्तीमा १० वटा स्ट्याटस लेख्न कार्यकर्तालाई ओलीको निर्देशन
पार्टीका इतरपक्षलाई ‘टिकट’ मै बन्देज लगाउने ओलीको तयारी
शान्तिपूर्ण वातावरणमा चुनाव भए एमालेले बहुमत ल्याउँछ: केपी ओली
ओलीको रणनीति : मानव अधिकार आयोगप्रति नरम, जाँचबुझ आयोगप्रति गरम
केपी ओलीले किन दिईरहेका छन् जाँचबुझ आयोग नटेर्ने धम्की ?