काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस हुती नभएको पार्टी भएको आरोप लगाएका छन् । शुक्रबार छविलाल स्मृति तथा रक्तदान कार्यक्रममा बोल्दै ओलीले अर्थमन्त्री जनार्दन शर्माले आफैं राजीनामा नदिएको भए उनलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सक्दै नसक्ने ठोकुवा गरे ।
‘कांग्रेस त निरीह नै बोल्नै नसक्ने भयो । मन्त्रीले जे गरे पनि कांग्रेस त हेरेको हेर्यै ।’ ओलीले भने, ‘कांग्रेसको हुती नै छैन । दम नै छैन । यसपटक पनि मन्त्रीले आफैं राजीनामा दिएर हो । प्रधानमन्त्रीससँग मन्त्री निकाल्ने हुति छ ?’
माओवादीप्रति आक्रामक रुपमा प्रस्तुत भएका ओलीले हतियार उठाउन परेको कारण अहिलेसम्म दिन नसकेको बताए । ‘के का लागि हतियार उठाएको थियो । त्यसबेला देखि सोध्दै आएको छु । जवाफ दिन सकेको छैन । महान जनयुद्ध के पाएर छोडे त ?’ ओलीले भने ।
जनआन्दोलन २ को अन्तिम दिन बैशाख ११ मा पूर्व राजा ज्ञानेन्द्र शाहले गरेको सम्वोधनको ड्राफ्ट आफूले तयार गरेको ओलीले दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ असार २०७९, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापा- ५ को मतपरिणाम : २३ सय गणना हुँदा केपी ओली भन्दा बालेन हजार मतले अगाडि
मध्यपूर्वमा बर्सिएका मिसाइलको धुवाँले निदाउन सकिनँ : केपी ओली
जेनजी आन्दोलनका बारेमा एकाएक किन नरम देखिए ओली ?
संसद पुनःस्थापना वा निर्वाचन अदालतले निर्वाचनअघि नै फैसला गरोस्ः अध्यक्ष ओली
जेनजी आन्दोलनपछि पहिलो पटक झापा जाँदै ओली
दिनमा कम्तीमा १० वटा स्ट्याटस लेख्न कार्यकर्तालाई ओलीको निर्देशन