यौन हिंसामा परेकाहरूले अब राज्य कोषबाट नै क्षतिपूर्ति पाउने

सफल खबर संवाददाता

शुक्रबार, २४ असार २०७९, १४ : २०
यौन हिंसामा परेकाहरूले अब राज्य कोषबाट नै क्षतिपूर्ति पाउने

काठमाडौँ । यौन हिंसामा परेकाहरूले अब राज्य कोषबाट नै क्षतिपूर्ति पाउने भएका छन्। संसद्को कानुन न्याय तथा मानवअधिकार समितिले यौन हिंसामा परेकाहरुलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने निर्णय गरेको छ।समितिको शुक्रबार बसेको बैठकले यौन हिंसाविरुद्धका केही ऐन संसोधन गर्न बनेको विधेयकमा हिंसा पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने व्यवस्था गर्ने निर्णय गरेको हो। 

निर्णयअनुसार यौनहिंसाका पीडकलाई गरिएको जरिवाना राज्यकोषमा जम्मा हुनेछ र त्यसबाट नै पीडितले क्षतिपूर्ति पाउने छन्। प्रचलित व्यवस्था अनुसार पीडितलाई पीडकबाट नै क्षतिपूर्ति दिलाउने व्यवस्था थियो। 

तर, त्यसबाट पीडकबाट पीडितलाई थप पीडा हुने खालका काम हुन सक्ने भएको भन्दै सांसदहरुले राज्यकोषबाट कसरी उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा छलफल गरेका थिए। राज्यकोषमा नै उक्त रकम जम्मा भएर पीडितलाई उपलब्ध गराउँदा सहज हुने भएकाले समितिले यस्तो निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस