कृषि विकास बैंकले माग्यो १५२ जना कर्मचारी

सफल खबर संवाददाता

शुक्रबार, २४ असार २०७९, ०७ : ३८
कृषि विकास बैंकले माग्यो १५२ जना कर्मचारी

काठमाडौँ । कृषि विकास बैंकले कर्मचारीको स्थायी पदपूर्ति गर्ने भएको छ। बैंकले लोकसेवा आयोगको सहमतिमा एक सय ५२ कर्मचारीका लागि शुक्रबार दरखास्त आह्वान गरेको हो।

प्रकाशित सूचना अनुसार बैंकले ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत (अधिकृत), १७ कम्युटर अधिकृत, तीन इन्जिनियर (सिभिल) र १२ कर्जा अधिकृत मागेको छ।

त्यस्तै, २३ व्यवसाय सहायक, ६ कानुन सहायक, ५ ऋण सहायक र ४ लेखपालका लागि दरखास्त आह्वान भएको छ। कृषि बैंकले कुल १५२ कर्मचारी माग्दा खुलातर्फ ८२ सिट छ।सूचनाअनुसार साउन १२ भित्र आवेदन दिनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस