नागरिकता विधेयक फिर्ता लिएर सरकारले जनताको अधिकार खोस्यो : विशाल भट्टराई

सफल खबर संवाददाता

विहीबार, २३ असार २०७९, २० : २४
नागरिकता विधेयक फिर्ता लिएर सरकारले जनताको अधिकार खोस्यो : विशाल भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद विशाल भट्टराईले सरकारले नागरिकता विधेयक फिर्ता लिएर नागरिकको सामान्य हक खोसेको आरोप लगाएका छन । 

बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद भट्टराईले सरकारले छलफल भइसकेको र एक हिसावले टुंगिसकेको नागरिकता विधेयक फिर्ता लिएर नागरिकको सामान्य अधिकार पनि खोस्ने काम गरेको आरोप लगाए।

उनले लामो समयदेखि नागरिकताबाट वञ्चित भएका नागरिकहरूको लागि नेपालको नागरिकता प्रदान गर्न लागि परे पनि सरकारले अहिले फिर्ता लिँदा नेकपा एमाले आश्चर्यमा परेको बताए ।

एमाले नागरिकता विधेयक पास गर्नका लागि सहयोग गर्न तयार भएपनि अर्को विधेयक ल्याउने सरकारको निर्णयलाई त्यसभित्रका व्यवस्थाहरू नहेरी समर्थन नगर्ने स्पष्ट पारे ।

सांसद भट्टराईले नागरिकता ऐन छिटो भन्दा छिटो पास गरी नागरिक हुनबाट वञ्चित नेपालीलाई नागरिकता प्रदान गर्नुपर्नेमा एमाले अडिग रहेको बताए।

प्रतिक्रिया दिनुहोस