एक दिनमा २ हजार ४२८ जना सवारी चालक कारबाहीमा

सफल खबर संवाददाता

विहीबार, २३ असार २०७९, ११ : ०२
एक दिनमा २ हजार ४२८ जना सवारी चालक कारबाहीमा

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४२८ जना सवारी चालकलाई कारबाही गरेको छ ।ट्राफिक नियम उल्लंघन गरेका कारण  बुधबार काठमाडौं  उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १५१ जना, मदिरा पिएर सवारी साधन चलाउने १३३ जना, तीव्र गतिमा सवारी साधन चलाउने ९८ जना, लेन उल्लंघन गर्ने ८७ जना, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने ६८ जना रहेका छन् ।

ढोका खुल्लै राखेर सवारी चलाउने ६४ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ५५ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ४१ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३२ जना चालकलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस