रुपन्देहीमा डुबेर ७ दिनदेखि बेपत्ता

सफल खबर संवाददाता

विहीबार, २३ असार २०७९, १० : ४५
रुपन्देहीमा डुबेर ७ दिनदेखि बेपत्ता

 

काठमाडौँ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका– ७ देउसाका सागर राईको अवस्था अज्ञात बन्दै गएको छ। पौडी खेल्ने क्रममा ७ दिनदेखि खोलामा बेपत्ता बनेका २८ वर्षीय राईको अवस्था अज्ञात बन्दै गएको छ। 

मजदूरीका लागि रुपन्देहीको ओमसत्यायी गाउँपालिका–४ मा रहेका  राईलाई सोहि ठाउँको दण्ड खोलाले  असार १५ गते बेपत्ता बनाएको थियो।  राईको खोजीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित जनप्रतिनिधि सक्रिय भएपनि हालसम्म फेला पार्न नसकेको कार्कीले बताए। उनको खोजीका लागि वडाध्यक्ष कार्कीसहितको टिम घटनास्थलमा पुगे पनि पत्ता लगाउन नसकेको हो।  

 

प्रतिक्रिया दिनुहोस