झापामा नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच किन भयो धकेलाधकेल ?

सफल खबर संवाददाता

विहीबार, २३ असार २०७९, १० : २२
झापामा नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच किन भयो धकेलाधकेल ?

काठमाडौं । झापामा नेपाल प्रहरी र शसस्त्र प्रहरीबीच विवाद भएको छ । विवादकै क्रममा उनीहरुबीच धकेलाधकेल भएको बताइएको छ ।  काँकरभिट्टा नाकामा दुई सुरक्षा निकायबीच विवाद भएको बताइएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालले सम्वन्यमा समस्या भएको बताए । उनले भने,“सादा पोशाकका नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच चिनजान नहुँदा सामान्य कुराकानी जस्तो भएको हो । त्यस्तो कुनै घटना होइन । दुवै सुरक्षा निकायका प्रमुखले त्यहाँ पुगेर जानकारी लिएका छन् । ठुलो विषय होइन ।”

प्रहरीले चेकजाँचपछि छाडेका सुपारी सशस्त्रले रोकेपछि विवाद भएको बताइएको छ । तर प्रमुख जिल्ला अधिकारी रिजालले सुपारीको विवाद नभएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस