काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र विप्लवले हिंसात्मक अभिव्यक्ति दिएका छन् । आफना दलका कार्यकर्तालाई धेरै धरौटी मागेको भन्दै उनले न्यायाधीशहरुलाई घरबाट थुतेर कुट्नुपर्ने बताएका हुन् ।
बुधबार राजधानीमा आयोजित पार्टी धु्रविकरण तथा प्रशिक्षण कार्यक्रममा महासचिव विप्लव अमेरिकी सहयोग परियोजना (एमसीसी) विरुद्ध आन्दोलनमा उत्रिँदा पक्राउ परेका विद्यार्थीहरुसँग लाखौ रुपैयाँ धेरौटी मागेको बताए ।
उनले भने, ‘एउटा पढिरहेका विद्यार्थीलाई १० लाख, पाँच लाख धरौटी माग्ने हो ? देश बेच्न पाइँदैन भनेर आन्दोलन गर्ने युवालाई पक्रेर ३ लाख रुपैयाँ धरौटी माग्ने हो ? यो न्यायाधीश को हो ? यीनलाई त घरघर गएर थुतेर कुट्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ असार २०७९, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डलाई चुनावमा घेराबन्दी गर्ने विप्लव-जनार्दनको योजना
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर
१० दिनभित्र सर्वपक्षीय सरकार गठन नभए सडक संघर्षमा जाने ‘विप्लव’को चेतावनी
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब
विप्लवको पार्टीलाई आज निर्वाचन आयोगले दल दर्ता प्रमाणपत्र दिने
विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा