निजामति कर्मचारीलाई नयाँ वातावरण दिइने छ : मन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

मंगलबार, २१ असार २०७९, १९ : ३१
निजामति कर्मचारीलाई नयाँ वातावरण दिइने छ : मन्त्री श्रेष्ठ

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले निजामति कर्मचारीहरुलाई नयाँ वातावरण दिने काम भइरहेको बताएका छन ।

मंगलबार मन्त्रालयले आयोजना गरेको कर्मचारीको नयाँ सोच प्रस्तुतिका लागि प्रतिभा डबली अन्तिम चरणको छनोट कार्यक्रममा कर्मचारीलाई काम गर्न नयाँ वातावरण बनाउने बताए ।

उनले सरकारी सेवामा कार्यरत कर्मचारीहरु बीचमा प्रतिभाको प्रतिष्पर्धाले आगामी दिनमा अध्ययन र अनुसन्धानको पाटोलाई थप सुदृढ गर्ने विश्वास व्यक्त गरे । सीप र क्षमतालाई प्रतियोगिताको माध्यमबाट अघि सार्दा कर्मचारीहरुमा काम गर्ने क्षमता बढ्ने अपेक्षा राखेको मन्त्री श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस