हिमा बस्नेतले लिइन प्रदेश सांसदको सपथ

सफल खबर संवाददाता

मंगलबार, २१ असार २०७९, १२ : ५९
हिमा बस्नेतले लिइन प्रदेश सांसदको सपथ

विराटनगर । नेकपा एमालेबाट प्रदेश १ को समानुपातिक सांसद मनोनित हिमा बस्नेत भट्टराईले सपथ ग्रहण गरेकी छन् । अल्पसंख्यक कोटामा समानुपातिक सांसद बेनकी गुलेफुन खातुनले सरकारी सहिछाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएपछि राजीनामा दिएकी थिइन् ।

उनको स्थानमा नेकपा एमालेले खसआर्य कोटाकी बस्नेतलाई सांसद बनाएको हो । मंगलबार उनले  प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारी मार्फत सपथग्रहण गरेकी हुन् । प्रदेश सभाको कार्यकाल करिब चार महिना बाँकी छ ।

प्रतिक्रिया दिनुहोस