काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको पूर्ण बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने भएका छन् ।
आइतबार सुरु भएको बैठकमा पेस गरिएको राजनीतिक प्रतिवेदन माथि केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको आज अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम तय भएको हो।
९ वटा एजेन्डामा छलफल गरिरहेको माओवादी बैठकमा सुरुको दिन प्रदेश र गैर भूगोलबाट रिपोर्टिङ भएको थियो । दोस्रो दिन केन्द्रीय सदस्यहरूले केन्द्रीय नेतृत्व माथि प्रश्न गरेका थिए ।
माओवादीमा पदाधिकारी चयनलगायतको विषयमा बहस चलिरहेको छ। महाधिवेशन सकिएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेको भन्दै आलोचना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ असार २०७९, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’
नीति तथा कार्यक्रम कर्मकाण्डी भयो, मधेश र दलित हराए : संयोजक प्रचण्ड
संसद् समावेशी प्रतिनिधित्वका लागि संघर्षको परिणाम भएको ‘प्रचण्ड’को दाबी
‘समावेशी र समानुपातिक प्रतिनिधित्व राजनीतिक परिवर्तनको महत्वपूर्ण उपलब्धि’ : ‘प्रचण्ड’
'प्रचण्ड’सहित आज संसदमा शीर्ष नेताहरूले सम्बोधन गर्ने