काठमाडौँ । गत वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा पराजयको मुख्य कारण अन्तरघात भएको निष्कर्ष निकालेको एमालेले छानबिनका लागि समिति गठन गरेको छ।
आइतबार बसेको सचिवालय बैठकले उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिको सदस्यमा निर्वाचन विभागका प्रमुख देवेन्द्र दाहाल र संगठन विभाग प्रमुख खगराज अधिकारीलाई सदस्य राखिएको छ। गठबन्धन र पार्टी विभाजनका कारण स्थानीय तहको चुनवामा अघिल्लोपटक भन्दा ८८ पालिका गुमाएर २०५ मा सिमित भएको एमालेले अन्तरघातका कारण पराजय भोगेको बताउँदै आएको छ।
समितिले उजुरी आह्वान गर्ने, त्यसमा छानबिन गर्ने र दोषी उपर कारबाहीका लागि सिफारिस गर्ने जिम्मेवारी पाएको प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
बैठकले अनुसन्धान प्रतिष्ठान सञ्चालन कार्यविधिलाई पारित गरेको छ। त्यस्तै, स्थानीय तह विकास विभागको निर्देशिका पनि पारित गरेको छ।असार मसान्तसम्म सबै जिल्ला कमिटी र प्रदेश कमिटीहरुले निर्वाचनको समीक्षा रिपोर्ट तयार गरेर केन्द्रमा पठाउने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए। त्यसैगरी बैठकले महंगी, मुद्रास्फिर्ति, मूल्यवृद्धि, नीतिगत भ्रष्टाचार, मलको अभावको बिरुद्धमा जनपरिचालन गर्ने निर्णय पनि गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ असार २०७९, १९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग