एजेन्सी । बेलारुसका राष्ट्रपति अलेक्सान्डर लुकासेन्कोले युक्रेनबाट आफ्नो क्षेत्रमा प्रहार गरिएको क्षेप्यास्त्रलाई सेनाले खसालेको बताउँदै दुस्मनले गर्ने कुनै पनि आक्रमणको तत्काल जवाफ दिने चेतावनी दिएका छन् ।
‘हामीलाई उत्तेजित बनाउन खोजिँदैछ,’ सरकारी सञ्चारमाध्यम बेल्टाले उनलाई उद्धृत गर्दै भनेको छ, ‘करिब तीन दिन अघि युक्रेनबाट उनीहरुले बेलारुसको सैन्य क्षेत्रमा आक्रमण गर्न खोजेका थिए । भगवानको कृपाले हाम्रो प्यान्टसीर हवाई सुरक्षा प्रणालीले युक्रेनी सैनिकले प्रहार गरेका सबै क्षेप्यास्त्रलाई रोक्यो ।’
गत हप्ता युक्रेनले पनि बेलारुसले प्रहार गरेको क्षेप्यास्त्र आफ्नो क्षेत्रमा खसेको आरोप लगाएको थियो । लुकासेन्कोले भने आफ्नो देशले रुस र युक्रेनबीचको द्वन्द्वमा हस्तक्षेप गर्न नचाहेको स्पष्ट पार्दै कीभ र उसका पश्चिमा गठबन्धनलाई चेतावनी दिएका थिए ।
‘हामी युक्रेनमा लड्न चाहन्नौँ । हामी मात्र एक परिस्थितिमा लड्नेछौँ । यदि तिमीहरू आफ्नो भूमिका प्रवेश गर्यौ भने, हाम्रो जनताको हत्या गर्यौ भने हामी प्रतिक्रिया जनाउने छौँ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १९ असार २०७९, १० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी आक्रमणमा युक्रेनमा ६ जनाको मृत्यु
निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन वार्ता
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युक्रेन युद्ध अन्त्यका लागि यूएईमा त्रिपक्षीय वार्ता हुने