प्रधानसेनापति शर्मा आज स्वदेश फर्कंदै

सफल खबर संवाददाता

आइतबार, १९ असार २०७९, ०७ : ३१
प्रधानसेनापति शर्मा आज स्वदेश फर्कंदै

काठमाडौं  । अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा आज आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको सैनिक मुख्यालयले जनाएको छ । अमेरिका भ्रमणका रहँदा उहाँले न्युर्योकस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयको भ्रमण गरेको छ ।

भ्रमणको क्रममा प्रधान सेनापति महारथी शर्माले युएन मुख्यालयका उच्च पदस्थ अधिकारीसंग भेट गरेको नेपाली सेनाले जनाएको छ । उनले राष्ट्र संघका सैन्य सल्लाहकार जनरल बिरामे डिओप, शान्ति मामिला विभागका उपमहासचिव जिन पियरे ल्याक्रोइक्स, अपरेशन सार्पोट बिभागका उपमहासचिव अतुल खरे, राजनीति र शान्ति निर्माण मामिला बिभागका उपमहासचिव रोजमेरी डिकार्लोसँग छुट्टाछुट्टै भेट गरेका थिए ।

यसअघि उनले लेबनान र सिरियाको भ्रमण समेत गरेका थिए । प्रधानसेनापति शर्माले अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीसँग शिष्टाचार भेटघाट गरेको नेपाली सेनाले जनाएको छ ।