बागमती प्रदेशका मुख्यमन्त्रीले राजीनामा नदिने

‘केन्द्रीय गठबन्धनको निर्णय मात्र मान्ने नेकपा एसको निर्णय'

सफल खबर संवाददाता

शनिबार, १८ असार २०७९, १५ : ३८
बागमती प्रदेशका मुख्यमन्त्रीले राजीनामा नदिने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तत्काल राजीनामा नदिने भएका छन् । नेकपा एकीकृत समाजवादी बागमती प्रदेश ससंदीय दलको बैठकले प्रदेश सरकार गठबन्धनको सहमतिका आधारमा बनेकाले केन्द्रीय गठबन्धनको निर्णयविना मुख्यमन्त्री पाण्डेले राजीनामा नदिने निर्णय गरेको हो । 

‘केन्द्रीय गठबन्धनले जे फैसला गर्छ त्यही हुन्छ । तलका हल्लाले केही फरक पर्दैन’, बैठकपछि संसदीय दलका उपनेता कृष्ण खनालले भने, ‘केन्द्रीय गठबन्धनले मिलाएर जाउ भनेमा मुख्यन्त्रीले राजीनामा दिनुहुन्छ नत्र राजीनामा सम्भव छैन ।’

नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले वागमतीमामात्रै मुख्यमन्त्री परिवर्तन हुननसक्ने बताए । उनले सातै प्रदेशबारे छलफल भएर निर्णय भए आफ्नो पार्टी बाधक नबन्ने तर बागमतीको मात्रै मुख्यमन्त्री परिवर्तनको पक्षमा आफ्नो पार्टी नरहेको बताए ।


 

प्रतिक्रिया दिनुहोस