जोखिम क्षेत्रको नक्साङ्कनको काम अन्तिम चरणमा

सफल खबर संवाददाता

विहीबार, १६ असार २०७९, २१ : १२
जोखिम क्षेत्रको नक्साङ्कनको काम अन्तिम चरणमा

काठमाडौं । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले प्रदेश सरकारले विपद् हुनपुर्व नै नागरिकलाई सुरक्षित स्थानमा सार्नका लागि जोखिम क्षेत्रको नक्साङ्कनको काम अन्तिम चरणमा पुर्याएको बताएका छन् । 
 
बिहीबार सुनसरी चतरामा आयोजित विपदका समयमा सुरक्षाकर्मीको पूर्व अभ्यास कार्यक्रममा मन्त्री कार्कीले सधैँको वर्षा पछि आउने समस्यालाई समाधान गर्नका लागि सरकारले बजेटको व्यवस्थापन गरेर काम गरेको बताएका हुन् । 

मन्त्री कार्कीले विपद्का वेला हरेक नागरिकको जिम्मेवारी उत्तिकै रहने भएकाले विपद्का बेला श्रोत साधनसहित मानसिक रूपमा तयार जनशक्ति उत्पादन गर्ने उल्लेख गरे । समाजमा सबै जिम्मेवार भएर काम गर्नुपर्नेमा उनको जोड छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विपद व्यवस्थापनको क्षेत्रमा प्रदेश सरकारले महत्त्वपूर्ण सहयोग गर्दै आइरहेको बताए । विपत्लाई रोक्नका लागि विपत हुनुभन्दा अगाडि हुने विकाश निर्माणका काम गर्दा समेत भू बनोट अनुसार काम गर्नुपर्नेमा जोड दिए ।

देख्दा यथार्थ जस्तै लाग्ने अभ्यास मन्त्रालयले सुनसरीको वराहक्षेत्र नगरपालिकास्थित चतरामा आयोजना गरेको हो । अभ्यासमा विपद्का बेला हुने घटनालाई अभ्यासमार्फत चित्रण गर्दै उद्धारको काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस