काठमाडौँ । जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनमा कार्यरत विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि सम्मिलित पूर्व सूचनासम्बन्धी विषयगत समिति गठन भएको छ।
मनसुन सुरु भइसकेको र वर्षाको समयमा विभिन्न किसिमका प्राकृतिक विपद्का घटनाहरू हुने भएकोले जोखिम न्यूनीकरणका लागि बेलैमा पूर्व सूचना दिने उद्देश्यसहित १५ सदस्यीय टास्क फोर्स गठन भएको हो।प्रभावमा आधारित पूर्व सूचना प्रणालीले प्राकृतिक विपद्जन्य घटनाबाट पुग्ने भौतिक तथा मानवीय क्षतिलाई न्यूनीकरण र जनधनको सुरक्षामा सहयोग पुर्याउने उद्देश्यसाथ पूर्व सूचनाको विषयगत समिति गठन भएको छ।
उनले भने, ‘मनसुनको सिजनमा बढी पानी पर्ने सूचना मौसम विज्ञान विभागले दिएको छ। यो सूचनालाई र यो वर्षामा हुने बाढी र पहिरोबाट मनसुनको प्रकोपबाट समुदायलाई कसरी बचाउने भन्ने हिसावले एउटा संस्थाको मात्रै यो काम होइन। धेरैले काम गरेमा मात्रै समुदायलाई बचाउन सकिन्छ। यसपटक २० लाख मानिस प्रभावित हुने भनिएको छ। २० लाख मानिसलाई हुने प्रभावलाई क्षति कसरी कम गर्ने? र हानी नोक्शानी कसरी कम गर्ने भन्ने यसको उद्देश्य हो।
विषयगत समितिलाई आज मनसुनजन्य प्रकृतिका घटनाले निम्त्याउन सक्ने समस्या र पूर्व तयारीका बारेमा प्रशिक्षण दिएका थिए।टास्क फोर्सका संयोजकसमेत रहेका डा. उप्रेतीले जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनमा कार्यरत संस्थासँगको सहकार्यमा काम गर्दा पूर्व सूचना प्रणालीमा प्रभावकारी परिणाम आउने विश्वास व्यक्त गरे।नेपाल सरकारले आर्थिक वर्ष २०७९/०८० को लागि विपद् व्यवस्थापन अन्तर्गत प्रभावमा आधारित पूर्व सूचना प्रणालीका लागि १ अर्ब ६१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ असार २०७९, १४ : १८
लेखकबाट थप