काठमाडौँ । लमही क्षेत्रमा सञ्चालित अटो व्यवसायी आन्दोलित भएका छन्। लमही नगरपालिकाले अटो पार्किङलाई व्यवस्थित गर्न सडक किनारामा पार्किङमा रोक लगाएपछि अटो रिक्सा व्यवसायी आन्दोलित भएका हुन्।
विगत दुई दिनदेखि अटो रिक्सा लमही नगरपालिकाको प्रांगणमा पार्किङ गरिएको छ।अटो पार्किङलाई व्यवस्थित गर्ने नाममा नगरपालिकाले रोजीरोटी खोस्न थालेको भन्दै आफूहरू आन्दोलित हुनुपरेको अटो व्यवसायी रमेशप्रसाद सुवेदीले बताए।उनले भने, ‘सबै अटोलाई बसपार्कमा थन्क्याउन पाइँदैन। बजारका चोक-चोकमा व्यवस्थित गरेर अटो राख्छौँ। हामी सुन्दर लमहीको पक्षमा छौँ। बजार व्यवस्थित गर्ने नाममा हामीलाई विस्थापित गर्न पाइएन।’
करिब एक सय वटा अटो रिक्सा नगरपालिकाभित्र पार्किङ गरेर आन्दोलन गरिएको हाे।यता, लमही नगरपालिकाका नगर प्रमुख जाेगराज चाैधरीले नयाँ माग थप्दै आन्दाेलन गरिरहेकाे आराेप लगाए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ असार २०७९, १४ : ००
लेखकबाट थप