थप सहयोग माग

सफल खबर संवाददाता

विहीबार, १६ असार २०७९, १३ : ३२
थप सहयोग माग

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले उत्तर एटलान्टिक सन्धी संगठन, नेटोको एक सम्मेलनलाई सम्बोधन गर्दै रुसविरुद्ध लड्न युक्रेनका लागि थप सहयोग माग गरेका छन्। उनले बुधबार नेटोको सम्मेलनलाई सम्बोधन गर्दै सो माग गरेका हुन्। भिडियो लिंकका माध्यमबाट सो सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति जेलिन्स्किीले हाल युक्रेनलाई धेरै सहयोग चाहिएकोले सोको लागि आग्रह गरेका छन्। 

उनले अहिले युक्रेनका लागि प्रतिरक्षाका क्षेत्रमा सहयोग आवश्यक रहेको सो सम्मेलनमा बताए। राष्ट्रपति जेलिन्स्किीले अहिले युक्रेनको रक्षाका लागि हवाई मिसाइल तथा स्थलगत रुपमा सुरक्षाको आवश्यकता परेको उल्लेख गरे। 

युक्रेनका धेरै सहरहरुमा रुसले आक्रमण जारी राखेको र उसका विरुद्ध लड्न युक्रेनलाई धेरै हातहतियार तथा आधुनिक प्रविधिको खाँचो रहेको भन्दै उहाँले सो सहयोगको खाँचो औंल्याए। 

साथै उनले युक्रेनका लागि प्रतिमहिना कम्तिमा पनि पाँच अर्ब अमेरिकी डलर सहयोगा आवश्यक रहेको पनि बताएका छन्। म्याड्रिडमा यही जुन २८ देखि नेटोको सम्मेलन सुरु भएको छ। सो सम्मेलन जारी रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस