काठमाडौँ । खगोलविद्हरूले सुपरनोभा विस्फोटपछि पनि जीवित रहेको ताराको बारेमा थाहा पाएका छन्। विस्फोटपछि उक्त तारा अहिले पहिलेको तुलनामा उज्यालो भएको छ ।जब ग्याँस र धुलोको बादलबीच कुनै तारा विस्फोट हुन्छ, त्यो झन् धेरै उज्यालो हुन्छ। याे घटनालाई सुपरनोभा भनिन्छ।अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको हबल स्पेस टेलिस्कोपले यो तारा पत्ता लगाएको हाे। यो सेतो तारा हो।
एस्ट्रोफिजिकल जर्नलमा प्रकाशित अध्ययनका प्रमुख लेखक र क्यालिफोर्नियाको लस कम्ब्रेस अब्जर्भेटरीका वरिष्ठ खगोलविद् कर्टिस म्याककुलीले सेतो बौना तारा एनजिसी १३०९ नामक स्पाइरल ग्यालक्सीमा रहेको बताए।
यो हाम्रो ग्यालक्सीकाे लगभग तीन चौथाइ छ। यो तारा पृथ्वीबाट १०८ मिलियन प्रकाश वर्षको दूरीमा अवस्थित छ। विस्फोटको आकार, संरचना र शक्तिमा आधारित सुपरनोभाका धेरै प्रकार हुन्छन्।
वैज्ञानिकहरूले यी ताराहरूलाई जोम्बी स्टार भनेका छन्। वैज्ञानिकहरूले अहिलेसम्म यस प्रकारका करिब ५० सुपरनोभा पत्ता लगाएका छन् तर जीवित सेतो बौना ‘जोम्बी स्टार’ पहिलो पटक पहिचान गरिएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १६ असार २०७९, ११ : ०१
लेखकबाट थप