देशभर डेंगु संक्रमितको संख्या ३ हजार नाघ्यो, २ जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ०४ भदौ २०८२, १८ : ५२
देशभर डेंगु संक्रमितको संख्या ३ हजार नाघ्यो, २ जनाको मृत्यु

काठमाडौं । देशभर डेंगु संक्रमितको संख्या ३ हजार नाघेको छ ।

गत पुस मध्यदेखि हालसम्म ३ हजार १३० जनामा डेंगु संक्रमण र दुईजनाको मृत्यु भएको छ । डेंगु ७४ जिल्लामा फैलिएको छ भने गत एक हप्तामात्र १९८ नयाँ संक्रमित थपिएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्यांकअनुसार बागमती प्रदेशमा ३०३, कोशीमा ४७, गण्डकीमा २९, सुदूरपश्चिममा २४, लुम्बिनीमा २२, मधेशमा १८ र कर्णालीमा ६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

 

प्रतिक्रिया दिनुहोस