काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले देशमा आइपरेको चुनौती काँग्रेसले मात्रै समाधान गर्न सक्ने दाबी गरेका छन् । प्रजातन्त्र सेनानी नन्दप्रसाद शिवाकोटी स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय शक्ति भएपछि चुनावलाई महत्त्वपूर्ण मान्नु पनि स्वाभाविक रूपमा लिनुपर्ने बताए ।
उनले भने, ‘चुनाव जित्ने आकांक्षा राख्नुलाई स्वाभाविक रूपमा लिनुपर्छ । तर, सबै कुरा त्यो होइन । सत्तामा पुग्ने कुरा पनि सशर्त हो निशर्त होइन। हाम्रा आधारभूत मूल्य र मान्यतासँग सम्झौता गरेर प्राप्त भएको सत्ताको कुनै अर्थ रहँदैन । काँग्रेसको आस्था, सिद्धान्त, विचार र मूल्यमान्यता छ । त्यो सँग सम्झौता गरेर सत्तामा टिकिराख्ने भन्ने कुरा हुँदैन ।’
उनले लोकतन्त्रमा सङ्ख्याको आधारमा निर्णय गर्न पाइने बताए । उनले थपे, ‘तर मसँग संख्या छ भनेर जे पनि गर्न पाइँदैन । सङ्ख्याको आधारमा गरिने निर्णय वैधानिक हुन्छ । संसद्मा होस् वा पार्टीमा । पार्टीभित्र निर्णय गर्दा बहुमत छ भनेर निर्णय गरे पनि आम पार्टी पङ्क्तिले स्विकार्छ कि स्वीकार्दैन भन्ने कुरामा ख्याल गर्नुपर्छ । सबैले स्वीकारे मात्रै वैध हुन्छ ।’
उनले आफूहरूले गरेको निर्णय समाजले स्विकार्छ कि स्वीकार्दैन भन्ने कुरामा पनि ध्यान दिनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ भदौ २०८२, १५ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
केन्द्रीय समितिमा सभापति देउवा अन्तिम पटक सहभागी हुनुभयो : गगन थापा
तीन दलका तीन प्रमुख नेताहरूलाई बिदा गर्न गगन थापाको प्रस्ताव
नियमित महाधिवेशन गर्न गगन थापाको प्रस्ताव
संविधान रक्षा गर्न समयमै निष्पक्ष निर्वाचन: गगन थापा
सिंगो देशसँग कांग्रेसले माफी माग्नुपर्दछ: गगन थापा
एमालेसँगको ७ बुँदे सहमतिको औचित्य समाप्त भएको भन्दै काँग्रेसका मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन