काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले सरकारमा नभए पनि देशको राजनीतिको खाँबो आफैँले थेगेजस्तो लागिरहेको बताएका छन्।
रंगीन घरहरू (कथासङ्ग्रह) लोकार्पण समारोहलाई सम्बोधन गर्दै आफू प्रमुख प्रतिपक्ष दलको नेता मात्रै भए पनि पूरै जिम्मा आफ्नै काँधमा भएजस्तो लाग्ने बताए।
उनले भने, ‘अहिले म सरकारको नेतृत्वमा छैन। प्रमुख प्रतिपक्ष दलको नेता छु। तर देशको राजनीतिको खाँबो मैले छोड्दिए भने भत्किहाल्छ जस्तो लाग्छ। गर्ल्यामगुर्लुम ढल्नी पो हो कि जस्तो लाग्छ। पूरै जिम्मा मेरै काँधमा जस्तो लाग्छ, कहिलेकाहीँ सोच्छु यस्तो त हुँदैन जीवन त। निश्चित अवधिसम्म गर्ने हो प्रकृतिको नियम अनुसार मरिन्छ, अर्कोले आएर लान्छ गाडीमा।’
उनले आफूलाई अहिले पनि जिम्मेवारीले थिचिरहेको बताए।
उनले थपे, ‘तर जिम्मेवारी बोध आफ्नो अन्तिम अवस्था नभएसम्म जिम्मेवारीले थिचिराख्ने र त्यो जिम्मेवारी पूरा गर्नको लागि समर्पित भइराख्नुपर्ने आवश्यकता छ। साहित्य क्षेत्रमा मैले धेरै दिन नसके पनि मैले शान्ति प्रक्रियामा आएपछि र पहिलो पटक प्रधानमन्त्री भएपछि साहित्य कला र खेलकुदको क्षेत्रलाई प्राथमिकतामा राखेको छु।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ भदौ २०८२, १७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड
२०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न ‘प्रचण्ड’को माग