सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सफल खबर संवाददाता

मंगलबार, ०३ भदौ २०८२, ११ : १०
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार दुई सय रुपैयाँले घटेर एक लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार सुन तोलामा एक लाख ९६ हजार तीन सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज १५ रुपैयाँले घटेर तोलामा दुई हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार प्रतितोला दुई हजार ३ सय १५ रुपैयाँमा कायम भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस