काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले कुहिने फोहोरलाई मल बनाउन क्रियाशील रहेको बताएका छन् । राष्ट्रिय धान दिवसको शुभकामना दिँदै प्रमुख शाहले मलको हाहाकारलाई कम गर्न कुहिने फोहोरलाई मल बनाउन महानगरपालिका क्रियाशील रहेको बताएका हुन् ।
उनले जैविक फोहोरबाट मल बनाउने महानगरको सफलता र असफलताले देशभर नै फरक पार्नेमा आफू सचेत रहेको बताए । प्रमुख शाहले भने, ‘काठमाडौंमा वस्ती बस्नु, सम्पदाको सहर वा राजधानी बन्नुमा यaहाँको उर्वरता र उब्जनीको ठूलो भूमिका छ । उर्वर माटोलाई खेती गर्न योग्य बनाउन माटोमा रगत र पसिना बगाउने किसानहरुको विशेष भूमिका छ ।’
शाहले, कृषि क्षेत्र र अन्न उत्पादन गर्ने किसानप्रति आभारी र जिम्मेवार हुनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ असार २०७९, २१ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ महानगर आज ३१ औँ स्थापना दिवस मनाउँदै
अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्नु : काठमाडौँ महानगर
काठमाडौँ महानगरले २० हजार भन्दा धेरै विद्यार्थीलाई दियो छात्रवृत्ति
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट
छात्रवृत्तिको विवरण जेठ पहिलो साता उपलब्ध गराउन काठमाडौं महानगरको आग्रह
काठमाडौं महानगरले आजदेखि खाद्य गुणस्तर परीक्षण गर्ने