बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट प्रदेशसभाबाट पारित भएको छ । लुम्बिनी प्रदेशसभाको बुधबार बसेको बैठकले अर्थमन्त्री कृष्णध्यज खड्काद्वारा प्रस्तुत बजेट बहुमतले पारित गरेको हो ।
असार १ गते प्रस्तुत बजेटमाथि मन्त्रालयगत शीर्षकमा छलफल भएको थियो । छलफल सकिएपछि सभामुखले निर्णयार्थ प्रस्तुत गरेको विधेयक प्रदेशसभाले पारित गरेको हो । आर्थिक वर्ष २०७९र०८० का लागि प्रदेश सरकारले ४२ अर्ब ६३ करोड ७ लाख रुपैयाँको बजेट ल्याएको छ । जसअनुसार चालु खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार र पुँजीगततर्फ २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार रहने अनुमान गरिएको छ ।
वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, सशर्त अनुदान र विशेष अनुदान मार्फत स्थानीय तह वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८३ करोड लाख रहने गरी बजेटमा प्रस्ताव गरिएको छ । प्रदेशसभाको आज बसेकै बैठकमा प्रदेश प्रहरी सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र सञ्चार विधेयक समेत पारित भएको छ । यसैगरी खेलकुद ऐन २०७६ समेत पारित भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ असार २०७९, २० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
जसपाद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशत मात्रै विकास बजेट खर्च
लुम्बिनी प्रदेशको बजेट मन्त्रिपरिषद् बैठकबाट स्वीकृत
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि