काठमाडाैँ ।यातायात व्यवसायीले मनपरी भाडा असुल्ने गरेको पाइएको छ । काठमाडौं उपत्यकाभित्र चल्ने छोटो दूरीका सार्वजनिक सवारीसाधनका व्यवसायीले यात्रीसँग चर्को भाडा असुल गरिरहेका हुन् ।
यातायात व्यवस्था विभागले छोटो दूरीका सार्वजनिक सवारीसाधनमा किलोमिटरका आधारमा स्वचालित भाडादर कायम गरेको थियो । जसानुसार गाडी चढ्नेबित्तिकै पाँच किलोमिटर दूरीसम्म २० रुपैयाँ, १० किलोमिटरसम्म २५, १५ किलोमिटरसम्म ३०, २० किलोमिटरसम्म ३३ रुपैयाँ र २० किलोमिटरभन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्नेछ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै अन्तरप्रदेश चल्ने सवारीसाधनमा भूगोलका आधारमा भाडादर बढाइएको थियो । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै पछिल्लो समय भाडादर पनि घटाइएको छ । तर, छोटो दूरीका सार्वजनिक सवारीसाधनका हकमा थप केही निर्णय भएको छैन ।उपत्यकामा बढी भाडा असुल्दै आएका सार्वजनिक सवारीलाई ट्राफिक प्रहरीले कारबाही गर्ने गर्छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी उमेशराज जोशीले यात्रु ठगिएको गुनासो १०३ नम्बरमा टिपाउन आग्रह गरे ।ठगी गर्ने गाडीलाई कानुनबमोजिम ५०० देखि पाँच हजार रुपैयाँसम्म जरिवाना गर्दै आएको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ असार २०७९, १४ : १३
लेखकबाट थप