दाङमा १७ वर्षीया किशोरी बलात्कृत

सफल खबर संवाददाता

बुधबार, १५ असार २०७९, १३ : ५९
दाङमा १७ वर्षीया किशोरी बलात्कृत

दाङमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा बबई गाउँपालिका–२ बस्ने ३५ वर्षीय बाबुराम थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

सोही ठाउँको विजय नेटास्थित धारामा पानी भर्ने क्रममा ती किशोरीलाई थापाले बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ प्रहरी चौकी पुरनधाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

प्रतिक्रिया दिनुहोस