काठमाडाैँ । बुढानिलकण्ठ नगरपालिकाको चपलीस्थित चपली सवस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आएको छ । सवस्टेसनमा रहेका १०/१० एमभिए क्षमताका तीनवटा ट्रान्सफर्मरहरुमध्ये एउटामा बुधबार बिहान ५ बजेतिरबाट समस्या देखिएको हो ।
ट्रान्सफर्मरमा समस्या आउँदा टोखा, मण्डिखाटार, बाँसबारी, धापासी हाइट, बुढानिलकण्ठ, तारेभीर, झोरलगायतका क्षेत्रमा विद्युत आपूर्ति बन्द छ । उक्त ट्रान्सफर्मरबाट पाँचवटा फिडर निकाली ती क्षेत्रमा विद्युत् आपूर्ति हुँदै आएको थियो ।
नेपाल विद्युत प्राधिकरण महाराजगञ्ज वितरण केन्द्र प्रमुख प्रज्वलमान श्रेष्ठले सम्भव भएका स्थानमा अन्य सवस्टेसनबाट वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ असार २०७९, १३ : ३२
लेखकबाट थप