काठमाडाैँ । हिउँ चितुवाको आहाराको रुपमा रहेको नाउरको संख्या पछिल्लो समय घढ्दै गएको छ। ताप्लेजुङको कञ्चनजंघा हिमालको फेदीमा विगतका वर्षका तुलनामा यसको संख्या क्रमिकरूपमा घढ्दै गएको हो।
कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र विश्व वन्यजन्तु कोषद्वारा संयुक्त रुपमा कञ्चजंघा संरक्षण क्षेत्रमा नाउरको गणना हुँदै आएको छ।विश्वमा दुर्लभ जनवार हिउँ चितुवाको प्रमुख आहाराको रूपमा नाउर मानिन्छ। विसं २०७३ मा भाले पोथी गरी दुई हजार २०० को संख्यामा नाउर रहेको परिषद् तथ्यांकमा उल्लेख छ।
यसपछि विसं २०७७ को गणनामा भाले–पोथी गरी एक हजार ४२१ नाउर भेटिएका थिए। विसं २०७७ मा कोभिड–१९ का कारण चार ब्लगमध्ये गोला–मौमा ब्लग क्षेत्रमा भने गणना हुन सकेको थिएन।
भर्खरै सम्पन्न भएको विसं २०७८ को नाउर गणनामा विगतको तुलनामा कमी आएको देखिएको छ। भाले–पोथी गरी एक हजार ६४८ नाउर रहेको कञ्चनजंघा संरक्षण क्षेत्रमा रहेको गणना तथ्यांकले देखाएको छ। राम्जेल ब्लग वयस्क भाले सात, अर्धवयस्क भाले २२, तरुण भाले ४४ र किशोर भाले ४८ रहेको संरक्षण क्षेत्रले जनाएको छ। त्यस्तै बच्चा नाउर ३३ र पोथी ७३ गरी राम्जेल ब्लग क्षेत्रमा २२७ वटा नाउर हरेको तथ्यांक छ।
घुन्सा–खाम्वाचेन ब्लग क्षेत्रमा वयस्क भाले ७१, अर्धवयस्क भाले ६२, तरुण भाले ६७ र किशोर भाले ५८ वटा रहेका छन्। बच्चा ३६ र पोथी १५७ गरी जम्मा ४५१ वटा घुन्सा–खाम्वाचेन ब्लग क्षेत्रमा रहेको तथ्यांक छ।
याङमा ब्लग क्षेत्रमा ७४ वयस्क भाले, ७७ अर्धवयस्क भाले, ११२ तरुण भाले र ८१ किशोर भाले रहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका सचिव मनकुमार लिम्बूले बताए। त्यस्तै १२ बच्चा, १५७ पाथी र पहिचान नखुलेको ३४ वटा गरी ५४७ नाउर याङमा क्षेत्रमा रहेका छन्। गोला–मौमा ब्लग क्षेत्रमा ६६ वयस्क भाले, ५५ अर्धवयस्क भाले, ६३ तरुण भाले र ७१ किशोर भाले छन्। त्यसैगरी दुई बच्चा, १५८ पोथी र आठ पहिचान नखुलेको नाउर गोला–मौमा क्षेत्रमा रहेको उनले बताए।
गत वर्ष गरिएको गणना घुन्सा खम्बाछेन ब्लग क्षेत्रमा ६४२ नाउर रहेको गणनाको तथ्यांकमा आएको छ। याङमा ब्लग क्षेत्रमा ५३२ र रामजेल ब्लक क्षेत्रमा २४७ नाउर रहेको कार्यालयले जनाएको छ। पोथी नाउरभन्दा भाले नाउरको संख्या दोब्बर बढी रहेको कार्यालयले जनाएको छ।
पोथी ४९५ र ८१६ भाले रहेको थियो। असी वटा बच्चा रहेको गणनाको तथ्यांकले देखाएको छ। २७ नाउर भालेपोथी नछुट्टिएका नाउर रहेका थिए। २०८ नाउर वयस्कको भाले रहेको थियो। २०७ नाउर तरुण भाले रहेको थियो। २०६ नाउर किशोर अवस्थाको रहेको तथ्यांकले जनाएको छ। १९८ अर्धवयस्क उमेरको नाउर रहेको कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ असार २०७९, १२ : २९
लेखकबाट थप