काठमाडौं । काठमाडौँ उपत्यकामा १२ जना हैजाका बिरामी भेटिएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले हालसम्म १२ जनामा हैजा पुष्टि भएको जानकारी दिए ।
तीमध्ये आठ जना उपचारपछि घर फर्किसकेका छन् भने चार जनाको उपचार भइरहेको छ । यस वर्ष उपत्यकामा पहिलो पटक यही असार ५ गते दुई जनामा हैजा पुष्टि भएको थियो ।
यही असार २ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका १८ र २३ वर्षीय बिरामीमा हैजा पुष्टि भएको थियो । उनीहरु कामपा–२८ बागबजारमा बस्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १३ असार २०७९, १२ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिण अफ्रिकामा हैजा लागेर सत्र जनाको मृत्यु
विश्वको एक अर्ब जनसङ्ख्या हैजाको जोखिममाः राष्ट्रसंघ
इथियाेपियामा हैजावाट मर्नेको संख्या ९८ पुग्यो, राष्ट्रसंघले माग्यो सहयोग