मेटमणि चौधरी बने शहरी विकासमन्त्री

सफल खबर संवाददाता

आइतबार, १२ असार २०७९, २० : ५०
मेटमणि चौधरी बने शहरी विकासमन्त्री

काठमाडौं । एमालेबाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टीमा लागेका मेटमणि चौधरी मन्त्री बनेका छन् । अघिल्लो पटक नै मन्त्रीको दावेदार रहेका उनी मन्त्री बन्न पाएका थिएनन् ।

उनी स्वाभाविक दाबेदार रहेपनि पार्टीको आन्तरिक समीकरण मिलाउनु पर्ने भन्दै अन्तिम समयमा अध्यक्ष माधव कुमार नेपालले मन्त्री बन्नबाट रोकेका थिए ।

मन्त्री बन्न नपाएपछि उनले आर्थिक चलखेल भएको सार्वजनिक अभिव्यक्ति समेत दिएका थिए । उनै चौधरी आइतबार बने शहरी विकास मन्त्रीमा नियुक्त भएका हुन् । समाजवादीले रामकुमारी झाँक्रीको ठाउँमा चौधरीलाई पठाएको हो।

प्रतिक्रिया दिनुहोस