बागमती । प्रमुख प्रतिपक्ष नेकपा एमालेले बागमती प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट विभेदकारी रहेको र न्यायोचित रुपमा जिल्लाहरुलाई नसमेटिएको भन्दै एमालेले प्रदेशसभा बैठक अवरुद्ध गरेको हो ।
सभामुख सानुकुमार श्रेष्ठले आर्थिक मामिला मन्त्री शालिकराम जम्कट्टेललाई आर्थिक विनियोजन विधकेयलाई विचार गरियोस् भन्ने प्रस्ताव राख्न अनुमति दिएसँगै एमाले सांसदहरु आफ्नो आसनबाट उठेर विरोध जनाएका हुन् ।
एमालेको प्रदेश संसदीय दलको बैठकले नै बजेटको विभेदकारी नीतिविरुद्ध प्रदेशसभा अवरुद्ध गर्ने निर्णय गरेको हो ।बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीको जिल्लालाई प्राथमिकता दिइ अन्य जिल्लालाई उपेक्षा गरिएको एमालेको आरोप छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ असार २०७९, १५ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा
बागमती प्रदेश उपसभापति हुमागाईंदारा रास्वपा परित्याग गरेको घोषणा