बागमती । प्रमुख प्रतिपक्ष नेकपा एमालेले बागमती प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट विभेदकारी रहेको र न्यायोचित रुपमा जिल्लाहरुलाई नसमेटिएको भन्दै एमालेले प्रदेशसभा बैठक अवरुद्ध गरेको हो ।
सभामुख सानुकुमार श्रेष्ठले आर्थिक मामिला मन्त्री शालिकराम जम्कट्टेललाई आर्थिक विनियोजन विधकेयलाई विचार गरियोस् भन्ने प्रस्ताव राख्न अनुमति दिएसँगै एमाले सांसदहरु आफ्नो आसनबाट उठेर विरोध जनाएका हुन् ।
एमालेको प्रदेश संसदीय दलको बैठकले नै बजेटको विभेदकारी नीतिविरुद्ध प्रदेशसभा अवरुद्ध गर्ने निर्णय गरेको हो ।बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीको जिल्लालाई प्राथमिकता दिइ अन्य जिल्लालाई उपेक्षा गरिएको एमालेको आरोप छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ असार २०७९, १५ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले बागमती प्रदेश सभापति लामिछानेलाई सोध्यो स्पष्टीकरण
चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !