काठमाडौं । रुस र युक्रेनबीच भएकाे युद्धले विश्वकै अर्थतन्त्रमा असर परेकाे छ । अहिले युक्रेन युद्ध पाँचौं महिनामा प्रवेश गरेको छ ।
खासगरी खाद्यान्न, उर्जा र आर्थिक रुपमा विश्वभर १ अर्ब ६० करोड जनता प्रभावित भएका छन् । विश्वका १ सय ७ मुलुकमा युद्धको कुनै न कुनै असर परेको छ । शक्ति र सत्ताका लागि भएको युद्धले राजनीतिक स्वार्थलाई बढावा दिँदै गएपनि जनता हार्ने क्रम रोकिएको छैन् । मानवता निख्रिदै गएको दृश्यप्रति दुवै पक्ष गम्भीर बनेका छैनन् । बरु शक्ति राष्ट्रको गोटी बन्ने क्रम बढ्दा आफ्नै जनताप्रति निर्दयी हुने प्रतिस्पर्धा बढेको छ ।
बाहिर हेर्दा रुस र युक्रेनको युद्ध देखिएपनि यसले विश्वकै अर्थतन्त्रमा प्रभाव परेको छ । खानेतेल र इन्धनमा देखिएको मूल्यवृद्धिले आयातित अर्थतन्त्रमा टिकेका नेपाललगायत विश्वका थुप्रै देश प्रभावित भएका छन् । युद्ध कहिले पूर्णविराम लाग्छ भन्ने अनिश्चित छ । युद्धकाबीच युक्रेनका अधिकांश शहरहरु भग्नावशेषमा परिणत भइसकेका छन् । हजारौं निर्दोष नागरिकले ज्यान गुमाइसकेका छन् । अझ नागरिकलाई बन्दुक बोकाएर युद्धमा उक्साउने युक्रेन सरकारको रणनीतिले निर्दोष नागरिक मृत्यु अँगाल्न बाध्य छन् ।
आज भन्दा अढाई हजार वर्ष पहिलो लेखिएको ऐतिहासिक पुस्तक आर्ट अफ द वारमा चीनका दार्शनिक सं जुले युद्धका लागि शत्रु तयार नभएको खण्डमा त्यसको लाभ उठाउनु नै युद्धकला हो भन्ने उल्लेख गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १२ असार २०७९, १४ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरान विरुद्ध इजरायललाई सहयोग नगर्न रुसको अमेरिकालाई चेतावनी
युक्रेनमा रुसको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु
युक्रेनको राजधानी किभमा रुसद्वारा ठूलो हवाई आक्रमण
'टर्कीमा वार्ता गर्दै रुस र युक्रेन'
भिक्ट्री डेमा रुसको शक्ति प्रदर्शन
रुसमा युक्रेनको ड्रोन आक्रमण