‘नागरिकतासम्बन्धी विधेयक यो देशको हितमा छैन’ : चित्रबहादुर केसी

सफल खबर संवाददाता

आइतबार, १२ असार २०७९, ११ : ३४
‘नागरिकतासम्बन्धी विधेयक यो देशको हितमा छैन’ : चित्रबहादुर केसी

काठमाडौं ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकतासम्बन्धी विधेयक अघि बढाउन नहुने बताएका छन् । नागरिकता विधेयक अघि बढाउन गठबन्धनको बैठकले निर्णय गरेको केही दिन नबित्दै सत्ता गठबन्धनको एक घटकका नेता समेत रहेका केसीले यस्तो बताएका हुन् ।

सरकारले नागरिकतासम्बन्धी विधेयक पारित गराउनेगरी अघि बढाएको उल्लेख गर्दै केसीले यो देशको हितमा नभएको टिप्पणी गरे । शनिबार रिपोर्टस क्लबको एक कार्यक्रममा केसीले नागरिकतासम्बन्धी विधेयक पारित भए नेपालमा जनसांख्यिक आक्रमण भएसरह हुने दाबी गरे ।

नागरिकले नागरिकता पाउने विषयमा आफूहरूको विरोध भने नरहेको प्रष्ट्याउँदै उनले वंशजको नागरिकता दिनको लागि आमा पनि वंशज र बुबा पनि वंशज हुनुपर्ने आफूहरूको अडान रहेको बताए । नेपालमा राजनीति अहिले व्यवसाय भएको टिप्पणी उनले गरेका छन् । पाँचदलीय गठबन्धन चुनावसम्मै कायम रहने उनले बताए ।

प्रतिक्रिया दिनुहोस