काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार काठमाडौंका नदी किनारको यात्रामा सजगता अपनाउन आग्रह गरेको छ । पछिल्लो ४ घन्टामा काठमाडौं उपत्यकामा भारी वर्षा मापन भएको भन्दै विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
नदीमा जलसतह बढ्दो क्रममा रहेकाले नदी किनारको बाटोमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । 'ुपछिल्लो ४ घण्टामा काठमाडौं उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन भएको छ । हनुमन्ते, मनोहरा, वाग्मती र यसका सहायक नदीमा जलसतह बढ्दो छ, नदी किनारको बाटो भई यात्रा गर्दा अर्को ३ घण्टा उच्च सतर्कता अपनाऔं ।'– विभागले भनेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० असार २०७९, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै
आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
देशका केही स्थानमा भोलि वर्षाको सम्भावना
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा लगातार वर्षा
वर्षा र बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध
यी जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह