काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार काठमाडौंका नदी किनारको यात्रामा सजगता अपनाउन आग्रह गरेको छ । पछिल्लो ४ घन्टामा काठमाडौं उपत्यकामा भारी वर्षा मापन भएको भन्दै विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
नदीमा जलसतह बढ्दो क्रममा रहेकाले नदी किनारको बाटोमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । 'ुपछिल्लो ४ घण्टामा काठमाडौं उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन भएको छ । हनुमन्ते, मनोहरा, वाग्मती र यसका सहायक नदीमा जलसतह बढ्दो छ, नदी किनारको बाटो भई यात्रा गर्दा अर्को ३ घण्टा उच्च सतर्कता अपनाऔं ।'– विभागले भनेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० असार २०७९, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा लगातार वर्षा
वर्षा र बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध
यी जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
वर्षाले नौ राजमार्ग अवरुद्ध
भारतमा भीषण वर्षा, दिल्लीसहित धेरै ठाउँ जलमग्न
बितेको २४ घण्टामा यी स्थानमा भयो भारी वर्षा