काठमाडौं । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका चारजनाले पार्टी छाडेका छन्। पार्टी छाड्नेमा ओमप्रकाश पुन, शंकर बहादुर खड्का, दलबहादुर धामी र रमेश परियार रहेका छन् । उनीहरुले विहीबार एक विज्ञप्ति जारी गर्दै पार्टीबाट राजीनामा दिएको बताएका हुन् ।
पुन पोलिटब्युरो सदस्य तथा सेती महाकाली इन्चार्ज हुन्। यस्तै खड्का सेती ब्युरो इन्चार्ज छन्। धामी महाकाली इन्चार्ज थिए भने परियार दार्चुला र कञ्चनपुर इन्चार्ज हुन्। चारजनाले टुटफुट र विभाजनबाट नभई एकताबद्ध र एकीकृत कम्युनिष्ट पार्टी निर्माणको दिशामा अघि बढ्न आह्वान गरेका छन्।
अहिलेसम्म कुन पार्टीमा जाने भन्ने उनीहरुले खुलाएका छैनन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुराना माओवादी एकै ठाउँ हुने दिन आएको बताएको केही दिनपछि विप्लवबाट केही नेताले राजीनामा दिएको चर्चा छ ।
त्यस्तै, गत बैशाखमा नेकपाकै धर्मेन्द्र बाँस्तोलाले विप्लवलगायतका नेतालाई कारबाही गरेर नेकपा (बहुमत) गठन गरेका थिए । नेकपा महासचिव नेत्रविक्रम चन्द समूह संसदवादमा फस्न लागेको भन्दै बास्तोलाले आफ्नै संयोजकत्वमा २६ वैशाख २०७९ मा नेकपा बहुमत गठन गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ असार २०७९, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विप्लवको चेतावनी- विद्यार्थी संगठनको घाँटी निमोठ्न खोजे सरकारकै जरो उखेल्छौँ
चुनावलाई संघर्षको मोर्चाका प्रयोग गर्दा जनताले सकारात्मक सद्भाव राखेको पाइयो : विप्लव
रोल्पाबाट विप्लवले गरे मतदान
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?