काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा भाग लिने उम्मेदवारको खर्च विवरण पठाउन निर्वाचन कार्यालयहरुलाई निर्देशन दिएको छ ।
निर्वाचन परिणाम घोषणा भएको मितिले तीस दिनभित्र सम्बन्धित जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनुपर्ने व्यवस्थाअनुसार आयोगले कानून बमोजिम बुझाउनु पर्ने निर्वाचन खर्चको विवरण बुझाए नबुझाएको एकिन गरी पठाउन भनेको हो।
निर्वाचन खर्चको विवरण बुझाउने तथा नबुझाउने उम्मेदवारको विवरण छुट्टाछुट्टै तयार गरी आवश्यक कारवाहीको लागि सिफारिस सहित आयोगमा पठाउन सबै निर्वाचन कार्यालयहरुलाई निर्देशन दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गत वैशाख ३० गते स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको थियो । निर्वाचनमा उम्मेदवारले प्रचार प्रसारमा गरेको आफ्नो खर्चको विवरण निर्वाचन आयोग ऐन, २०७३, स्थानीय तह निर्वाचन ऐन, २०७३ र स्थानीय तह निर्वाचन नियमावली, २०७३ बमोजिमको ढाँचामा निर्वाचन परिणाम घोषणा भएको मितिले तीस दिनभित्र पेश गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ असार २०७९, १७ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त
निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचन-२०८२ को खर्च विवरण सार्वजनिक
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश