काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सन् २०२२ को हजयात्रामा नेपालबाट प्रस्थान गर्ने सम्पूर्ण हजयात्रीहरुलाई उक्त हज यात्राको लागि आवश्यक पर्ने विदेशी मुद्रा (साउदी रियाल समेत) सटहीको सुविधा प्रदान गर्ने भएको छ ।
बैंकले हजयात्रीहरुको सुविधाका लागि कान्तिपथ, ठमेल, तिनकुने र सिनामङ्गल शाखा कार्यालयहरुबाट साउदी रियाल सहित अन्य विदेशी मुद्रा साट्न सकिने व्यवस्था मिलाएको छ । साथै हजयात्रीहरुलाई मुद्रा सटहीको सिलसिलामा कुनै जानकारी लिनुपर्ने भएमा मोबाइल नम्बर ९८५११६५५२० मा सम्पर्क गर्न समेत बैंकले आग्रह गरेको छ ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले समयसमयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८८ शाखा, २६२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७५ सेवा केन्द्रबाट २८ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ असार २०७९, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवमा सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा
ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने
ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिंङ प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित
ग्लोबल आइएमई बैंकले गर्यो ८ प्रतिशत नगद लाभांश घोषणा
ग्लोबल आइएमई बैंकले जित्यो अवार्ड