क्यामेराले जासुसी गर्नसक्ने भन्दै चिनियाँ सहरमा टेस्लाको कार प्रतिबन्ध

एजेन्सी

बुधबार, ०८ असार २०७९, ०८ : १६
क्यामेराले जासुसी गर्नसक्ने भन्दै चिनियाँ सहरमा टेस्लाको कार प्रतिबन्ध

एजेन्सी । जुलाई १ देखि सुरु हुने चिनियाँ नेतृत्वको महत्त्वपूर्ण वार्षिक बैठक स्थल बेइडाइहे सहरमा अमेरिकी विद्युती सवारी निर्माता टेस्लाका कारहरूलाई २ महिनासम्म प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ।

बेइडाइहे ट्राफिक पुलिस ब्रिगेडका एक अधिकारीले टेस्लाका कारलाई प्रतिबन्ध लगाइने पुष्टि गरेका छन्। यसको आधिकारिक घोषणा चाँडै हुने जनाइएको छ। ग्रीष्म शिखर सम्मेलनसमेत भनिने बेइडाइहे बैठक हरेक वर्ष हेबेई प्रान्तको रिसोर्ट सहरमा आयोजना गरिन्छ।

बैठकमा अघिल्लो पुस्ताका चिनियाँ नेता मुख्य घरेलु मुद्दामा अनौपचारिक वातावरणमा भेला हुन्छन्। यो बैठक हरेक वर्ष जुनको अन्त्यदेखि अगस्टको सुरुमा बस्छ।

टेस्ला कारमा जडान गरिएका क्यामेराले जासुसी गर्न सक्ने आशंकामा प्रतिबन्ध लगाइएको जनाइएको छ। टेस्लाको तेस्रो मोडलमा ८ वटा क्यामेरा तथा मिलिमिटर(वेभ राडार र १२ अल्ट्रासोनिक सेन्सर जडान गरिएको छ।

प्रतिक्रिया दिनुहोस