यशवन्त सिन्हाको नाम भारतीय राष्ट्रपतिमा विपक्षीद्वारा प्रस्तावित

एजेन्सी

मंगलबार, ०७ असार २०७९, १७ : ३७
यशवन्त सिन्हाको नाम भारतीय राष्ट्रपतिमा विपक्षीद्वारा प्रस्तावित

पूर्वकेन्द्रीय मन्त्री यशवन्त सिन्हाको नाम भारतका विपक्षी दलहरुले भारतको आगामी राष्ट्रपतिका रुपमा प्रस्ताव गरेका छन्।एनडिटिभीका अनुसार अहिलेसम्म आएका नामहरुमध्ये शरद पवार, फारुक अब्दुल्लाह, गोपालकृष्ण गान्धीले प्रतिष्पर्धा गर्न अस्वीकार गरेपछि यशवन्त सिन्हाको नाम सतहमा आएको हो।

शरद पवारको घरमा मंगलबार अपराह्न बैठक बसेर उनको नाममा सहमति जुटाउने प्रयास भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्।उता भारतीय जनता पार्टीले पनि आफ्नो उम्मेदवार टुंग्याउन संसदीय बोर्डको बैठक राखेको पीटीआईले जनाएको छ।

जुन २९ मा राष्ट्रपतिका उम्मेदवारको मनोनयन हुनेछ भने जुलाइ १८ मा मतदान हुनेछ। राष्ट्रपति निर्वाचनको मतगणना जुलाइ २१ मा हुनेछ। अहिलेका राष्ट्रपति रामनाथ कोबिन्दको कार्यकाल जुलाइ २४ मा सकिनेछ।

 

प्रतिक्रिया दिनुहोस