सेयर बजारमा हरियाली

सफल खबर संवाददाता

मंगलबार, ०७ असार २०७९, १५ : ४२
सेयर बजारमा हरियाली

काठमाडौँ । बजारमा आएको निरन्तर गिरावटपछि मंगलबार सेयरबजारमा हरियाली छाएको छ।बजार मापन गर्ने सूचक ३७.४९ अंकले बढेर परिसूचक १९२२.३० बिन्दुमा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८.१८ अंकले बढेर ३७४.३७ बिन्दुमा पुगेको छ।

मंगलबार २३१ कम्पनीको १ अर्ब २३ करोड ८५ लाख १८ हजार २०१ रुपैयाँको सेयर किनबेच भएको छ। कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ। बैंकिङ समूहको उपसूचक १५.८३, विकास बैंक १२१.९४, वित्त कम्पनी ४४.०८, जलविद्युत ५७.९८, जीवन बीमा २०४.२७, उत्पादन तथा प्रशोधन ८६.४०, माइक्रोफाइनान्स ८७.७०, निर्जीबन बीमा समूहको उपसूचक १४९.२४ अंकले बढेको छ।

प्रतिक्रिया दिनुहोस