जापानको बोनिनमा भूकम्प

एजेन्सी

मंगलबार, ०७ असार २०७९, १५ : ४०
जापानको बोनिनमा भूकम्प

काठमाडौँ । जापानको सुदूर दक्षिणपूर्वी बोनिन द्विप क्षेत्रमा ६ म्याग्निच्युडको भूकम्प गएको छ । युरोपेली–भूमध्यसागरीय भूकम्प केन्द्रका अनुसार बोनिन टापुनजिकै ४० किलोमिटर गहिराइलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

भूकम्पपछि जापानी मौसम पूर्वानुमान निकायले सुनामीको सामान्य चेतावनी जारी गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

मौसमसम्बन्धी जापानी निकायका अनुसार बोनिन द्विप समूहमा पर्ने चिचिजिमा टापुको तटपारी समुद्रमा पानीको स्तर केही बढ्ने सम्भावना रहेको छ ।यसबाहेक भूकम्पबारे विस्तृत विवरण नआइसकेको रोयटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस