ब्युटी प्याजेन्ट बलात्कार घटनाः मनोज पाण्डे जेल चलान

सफल खबर संवाददाता

सोमबार, ०६ असार २०७९, १९ : ०१
ब्युटी प्याजेन्ट बलात्कार घटनाः मनोज पाण्डे जेल चलान

काठमाडौं । सौन्यर्य प्रतियोगताको आडमा बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे जेल चलान भएका छन्। जिल्ला अदालत, काठमाडौंले मानवबेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पाण्डेविरुद्ध २ वटा कसुरमा १८ वर्ष कैद सजाय मागदाबी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो। पाण्डेविरुद्ध मानव बेचबिखनको कसुर र बाल यौन दुर्व्यवहारको कसुरमा १८ वर्ष कैद सजायको मागदाबी गरिएको छ। 

अहिले उनलाई डिल्लीबजार कारागार पठाइएको  जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । पाण्डेमाथि आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ। उनले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिताका आयोजना गरेका थिए । जसमा भाग लिएकी एक युवतीमाथि आयोजक पाण्डेले नशालु पदार्थ पिलाएर बलात्कार गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस