इन्धनको मूल्य वृद्धिको विरोधमा विराटनगरमा चक्काजाम

सफल खबर संवाददाता

सोमबार, ०६ असार २०७९, ०९ : ४०
इन्धनको मूल्य वृद्धिको विरोधमा विराटनगरमा चक्काजाम

विराटनगर ।  इन्धनको मुल्य वृद्धि गरेको विरोधमा विराटनगरमा यातायात व्यावसायी र मजदुरले सोमबार बिहान चक्काजाम गरेका छन् । आइतबार रातिबाट निगमले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको छ ।

मूल्य वृद्धि भएपछि एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ भने एक लिटर डिजेल र मट्टितेलको मूल्य १९२ रुपैयाँ पुगेको छ ।

मूल्य वृद्धिको विरोधमा सार्वजनिक सवारी यातायात मजदुर र सञ्चालकले कोसी राजमार्गको विराटनगरको राजवशी चोकमा सडक खण्डमा सवारी साधन राखेर यातायात अवरुद्ध गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस